एउटै सचिवले ओगटे चार गाडी, दुई कार्यालयबाट २/२ वटा गाडी प्रयोग
जानकारी केन्द्र
२०७९, चैत्र, ८
जनकपुरधाम । मधेश प्रदेशका एक सचिवले चार वटा गाडी ओगटेको पाइएको छ । प्रदेश सभाका सचिव समेत रहेका रंजितकुमार यादवले चार वटा गाडी प्रयोग गरिरहेको पाइएको छ ।
मुख्यमन्त्री सरोज कुमार यादवका विश्वासपात्र रहेका सचिव यादवले महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालय र प्रदेश सभाबाट पनि गाडी सुविधा लिएका हुन् ।
दुवै कार्यालयबाट उनले दुई दुई वटा गाडी प्रयोग गरिरहेका छन् । सचिव यादवले मन्त्रालयबाट प्र ०२-००१ झ ०१६९ र प्र ०२-००१ झ ०१८४ नम्बरको क्रेटा गाडी प्रयोग गरिरहेको मन्त्रालयको अभिलेखमा उल्लेख छ ।
त्यस्तै प्रदेश सभाबाट उनले ज १ झ ४६१ नम्बरको टेरानो तथा ज १ झ १०० नम्बरको अर्को चारपांग्रे नै गाडी प्रयोग गरिरहेको प्रदेश सभाले जनाएको छ । मधेश प्रदेशमा उपसचिव भन्दा माथिल्लो तहका कर्मचारीलाई एउटा मात्रै चारपांग्रे सवारी प्रयोग गर्न पाउने नियम छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


