एम्बाप्पेको दुई गोलमा फ्रान्सको नेदरल्यान्ड्स माथि सहज जित
काठमाडौँ । पहिलो पटक कप्तानको जिम्मेवारी पाएका केलियन एम्बाप्पेले फ्रान्सका लागि २ गोल गरेको खेलमा फ्रान्सले नेदरल्यान्ड्सलाई ४- ० ले पराजित गरेको छ । युरो छनोटमा सानदार प्रदर्शन गर्ने क्रममा साविक विश्व उपविजेता फ्रान्सले विश्वकपको फाइनल हार पछि पहिलो जित हासिल गर्यो ।
घरेलु मैदान पार्क डेस प्रिन्सेसमा शुक्रबार राति भएको एकपक्षीय खेलमा घरेलु टोली फ्रान्सले खेलको दोस्रो मिनेटमा नै एन्टोनी ग्रिजमनको गोलबाट अग्रता लिएको थियो। उनले कप्तान एमबाप्पेको पासमा गोल गर्न सफल भएका थिए ।
लगतै आठौं मिनेटमा डेअट उपमेकानोले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । २१औं मिनेटमा कप्तान एमबाप्पेले गोल गर्दै फ्रान्सलाई पिहलो हाफमै फराकिलो अग्रता तर्फ अग्रसर गराएका थिए ।
पहिलो हाफमा ३ गोलको अग्रता बनाएको फ्रान्सले ८८औं मिनेटमा चौंथो गोल गरेको थियो। इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा नेदरल्यान्ड्सले पेनाल्टीको अवसर पाएपनि मेम्फिस डिपाएले सदुपयोग गर्न असफल हुँदा सान्तवना गोलको अवसरबाट नेदरल्यान्डस बञ्चित भएको थियो ।
जितसँगै समूह ‘बी’ मा फ्रान्सले ३ अंक बटुलेको छ। यही समूहको अर्को खेलमा ग्रीसले जिब्राल्टारलाई ३(० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


