धनुषामा २ ट्रक एकआपसमा ठोक्किँयो, ३ जनाले गुमाए ज्यान
जानकारी केन्द्र
२०७९, चैत्र, ११
धनुषा । धनुषामा २ ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा दुर्घटना भएको हो ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १. ०१–००१ ख. ९२९२ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर ना। ६ ख ६५७८ नम्बरको ट्रकमा सवार २ जना र प्रदेश १। ०१-००१ ख। ९२९२ नम्बरको ट्रकमा सवार एक जना गरी ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रदेश १। ०१-००१ ख. ९२९२ नम्बरको ट्रकमा सवार अर्का एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको हो । उनीहरुको पहिचान खुल्न सकेको छैन । घाइतेको ढल्केवर हस्पिटलमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


