आज नवनियुक्त आईजीपी कुँवरलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । आज नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाएका छन् । आइतबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव विनोद प्रकाश सिंहले उनलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
नवनियुक्त आईजीपी कुँवरले आज देखि औपचारिक रूपमा नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने भएका हुन् । कुँवरले अहिलेकै अवस्थामा २ वर्ष नेतृत्व गर्नेछन् ।यद्यपि संघीय प्रहरी ऐन बनाउने तयारी अगाडी बढेकाले आईजीपीको कार्यकाल लम्बिने सम्भावना छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को फुली लगाएको पाँचौ दिनमा कुँवरले आईजीपीको फुली लगाएका छन् । कुँवरले चै ८ मा एआईजीको फुली लगाएका थिए । चैत ६ मा मन्त्रिपरिषद्ले कुँवर सहित ५ जना अधिकृतहरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको थियो । चैत १० मा कुँवरलाई अन्त्रिपरिषद्ले आईजीपी नियुक्त गरेको थियो ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


