बृहस्पति र बुधको जोडीले बदल्दैछ भाग्य, यी व्यक्तीको चम्किनेछ किस्मत
एजेन्सी । ज्योतिषी आशुतोष वार्ष्णेयका अनुसार बुध र बृहस्पति १६ मार्च देखि २५ मार्चमा रेवती नक्षत्रमा प्रवेश गरेकाले दुबै रेवती नक्षत्रको चौथो स्थानमा रहने र यो संयोग कुम्भ राशिको दोस्रो घरमा भइरहेको छ । त्यसैले दुबै अनुकूल ग्रहहरूले एकअर्काको राशि चिन्ह र अनुकूल राशिहरूमा राम्रो प्रभाव पार्नेछ ।
वृष राशि
वृष राशिका लागि एघारौं घरमा बुध र बृहस्पतिको संयोग हुने छ । यस कारण यो राशिका व्यक्ति भाग्यशाली रहनेछन् । धन आर्जनको अवसर मिल्नेछ । पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ । यस कारण वृष राशिका व्यक्तिहरूले आर्थिक लाभ पनि पाउनेछन् । वृष राशिका व्यक्तिहरूका लागि यो समय रचनात्मक कार्यका लागि पनि उत्तम रहेको छ । समाजमा इज्जत बढ्नेछ । नयाँ व्यक्तिसँग सम्पर्क बढ्नेछ । परिवारमा दाजुभाइ दिदीबहिनी छन् भने सहयोग मिल्नेछ ।
मिथुन राशि
मिथुन राशिका व्यक्तिहरुका लागि यो समय राम्रो छ, यस अवधिमा मिथुन राशिका व्यक्तिहरुलाई नयाँ करियरको अवसर मिल्नेछ । अचल सम्पत्ति खरिद गर्ने मौका मिल्नेछ । कार्यस्थलमा मेहनतको फल मिल्नेछ र मान सम्मान बढ्नेछ ।
वृश्चिक राशि
बृहस्पति र बुधको युतिको यो अवधिमा वृश्चिक राशिका व्यक्तिहरूको रचनात्मक कार्यमा रुचि बढ्नेछ, आम्दानीमा वृद्धि हुनेछ । यस अवधिमा धन लाभको योग छ, आर्थिक अवस्था बलियो हुनेछ । करियरमा प्रगति हुनेछ । लगानीको दृष्टिकोणले यो अवधि तपाईको लागि राम्रो छ । परिवार, परिचित र सहकर्मीको सहयोग प्राप्त हुनेछ ।
धनु राशि
बुध र बृहस्पतिको संयोगले धनु राशिका व्यक्तिहरूलाई भाग्यको साथ मिल्नेछ । सम्पत्ति किन्नको लागि यो उत्तम समय हो, नयाँ कामको अवसर मिल्नेछ । तपाईंले ठूलो परियोजना प्राप्त गर्न सक्नुहुन्छ, जसले तपाईंको करियरमा सकारात्मक परिवर्तन ल्याउन सक्छ ।
कुम्भ राशि
रेवती नक्षत्रमा बुध र बृहस्पतिको संयोगले गर्दा कुम्भ राशिका व्यक्तिहरूले आफ्नो कुरा तर्कसंगत ढंगले अरूका अगाडि राख्न सक्नेछन्, यसले आर्थिक लाभ मिल्नेछ । यसबाट व्यापार गर्नेलाई धेरै फाइदा हुनेछ । शिक्षा क्षेत्रका लागि पनि यो गठबन्धन शुभ रहेको छ ।
मीन राशि
रेवती नक्षत्रमा बृहस्पति र बुधको संयोग मीन राशिका लागि शुभ रहनेछ, जति धेरै काम गर्नुहुन्छ त्यति नै सफलता मिल्नेछ । पारिवारिक क्षेत्र पनि राम्रो रहनेछ, परिवारसँग राम्रो समय बिताउने मौका मिल्नेछ । धन लाभ हुन सक्छ, तपाईंको आर्थिक पक्ष पनि बलियो हुनेछ ।
सम्बन्धित समाचार
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार


