प्रधानमन्त्री चितवन गए, दिउँसो २ बजे बैठक बसेर मन्त्रालय बाँडफाँट टुंग्याइने
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा छन् । तर, अझै मन्त्रालय भागबन्डाको विषय टुंगिएको छैन । सत्ता गठबन्धनमा आबद्ध नौ दल सरकारमा सहभागी हुने करिब पक्का भएको छ । मन्त्रालय बाँडफाँटमा कुरा मिल्न बाँकी छ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठक पनि निष्कर्षविहीन बनेको छ । योसँगै प्रधानमन्त्री प्रचण्ड चितवनतर्फ लागेका छन् । एक कार्यक्रमका लागि उनी चितवन गएका हुन् ।
प्रधानमन्त्री चितवनबाट फर्किएपछि आजै दिउँसो २ बजे पुनः बैठक बस्ने जनता समाजवादी पार्टी ९जसपा०का नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार केही पार्टीले पाउने मन्त्रालयको बाँडफाँट टुंगिएको छ । दिउँसोको बैठकबाट निष्र्कष निस्कने उनले बताए । “एकरदुई पार्टीको मन्त्रालय टुंगियो । बाँकीको दिउँसो २ बजे बैठक बसेर टुंगो लगाइन्छ,” उनले भने ।
नेताहरू पटक–पटक छलफलमा जुटेका छन् । तर, मन्त्रालय बाँडफाँटमा सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तारमा विलम्ब भएको छ । नेताहरूबीच कुन पार्टीले कति मन्त्रालय पाउने भन्ने सहमति भने भइसकेको बताइएको छ ।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

