Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

आजै मन्त्रिमण्डल विस्तार गरेर सपथ गराउने मेरो लक्ष्य छ– प्रधानमन्त्री प्रचण्ड

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, १६
आजै मन्त्रिमण्डल विस्तार गरेर सपथ गराउने मेरो लक्ष्य छ– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको बताएका छन् । आज (बिहीबार) भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आज नै मन्त्रिपरिषद् विस्तार गरी सपथ ग्रहणको तयारी रहेको बताएका हुन् ।

‘सकेसम्म यहाँबाट १ बजे फर्केर जाने र आजै मन्त्रिमण्डल विस्तार गरेर सपथ ग्रहण गराउने मेरो लक्ष्य छ । आज सकिएन भने भोलि विहान होला । काम त हाम्रो सकिएको छ । एकदुई वटा मन्त्रालय थोरै टुंग्याउन छ,’– उनले भने ।

नेपालको राजनीतिक स्थायित्वका लागि नयाँ गति दिने संकल्पसहित आफू यो पटक प्रधानमन्त्री बनेको उनले बताए । राजनीतिक स्थायित्वले नयाँ आधार प्राप्त गर्नेमा आफू विश्वस्ता रहेको पनि उनले बताए ।

‘यो सबैका लागि खुसीको कुरा हो । नेपालको राजनीतिक स्थायित्वका लागि नयाँ गति दिने नयाँ संकल्पसहित यो पटक म प्रधानमन्त्रीको जिम्मेवारीमा छु । राजनीतिक स्थायित्वले पनि नयाँ आधार प्रदान गर्ने छ,’– उनले भने ।

 

Top Changing Nepal

युट्युब सट्स