Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

एसईईका ५२ नक्कली परीक्षार्थी एउटै परीक्षा केन्द्रबाट पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, २३
एसईईका ५२ नक्कली परीक्षार्थी एउटै परीक्षा केन्द्रबाट पक्राउ

काठमाडौं । मोरङको ग्रामथानमा एउटै परीक्षा केन्द्रबाट एसईईका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । बिहिबार बिहान जिल्लाको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

सामाजिक विषयको परीक्षा दिदै गरेका नक्कली परीक्षार्थी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । नक्कली परीक्षार्थी खुल्लातर्फका परीक्षा दिने रहेको परीक्षा केन्द्र अध्यक्ष तथा सरस्वती नमुना माविका प्रधानध्यापक अशोक लुईटेलले बताए ।

सरस्वती नमुनामा ८ वटा विद्यालयको सेन्टर रहेको छ । सरस्वती स्कुलमा ११ वटा कोठमा परीक्षा भइरहेको छ । ११ मध्ये ७ वटा कोठाबाट ५२ जना नक्कली परीक्षार्थी भेटिएका हुन् ।

Top Changing Nepal

युट्युब सट्स