तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री ढकाल सम्मानित
काठमाडौँ । अष्ट्रियाको भियनास्थित नेपाली राजदूतावासले तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्र ढकाललाई सम्मान गरेको छ ।
खेलकुदको माध्यमबाट नेपाललाई विश्वसामु चिनाएको भन्दै दूतावासले बुधबार उनलाई सम्मान गरेको हो । सो अवसरमा राजदूत भरतकुमार रेग्मीले राजदूतावासमा नेपाली ढाका टोपी र खादा लगाएर सम्मान गरेको रेफ्री ढकालले बताए । युरोपेली देशमा सञ्चालन हुने विश्व बरियताका खेलमा निर्णायकको भूमिकामा रहेका ढकाल नेपालको प्रतिनिधित्व गर्दै अष्ट्रियन ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि त्यहाँ पुगेका हुन् ।
ढकाल स्पेनको अलिकान्टे सहरमा सञ्चालन हुने प्रतियोगितामा समेत सहभागी हुने बताइएको छ । केही महिनाअघि ढकालले उज्वेकिस्तानको तास्कन्दमा ‘पेरिस ओलम्पिक, २०२४’ को अन्तर्राष्ट्रिय रेफ्री छनोट तालिममा सहभागी भएका थिए । उनले यसअघि बेल्जियम, स्पेन, फ्रान्स, पाकिस्तान, जर्मनी र चीनमा भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
सम्बन्धित समाचार
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

