संसद्मा कांग्रेस उपसभापति गुरुङको प्रश्न– ‘कोर टिम भनेको को- को हो ?’
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे बोलेका छन् ।
आज (सोमबार) को प्रतिनिधि सभलाई सम्बोधन गर्दै उनले सांसद श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच भएको वार्तामा भनिएको कोर टिम भनेको को–को हो भनी प्रश्न गरेका छन् । सांसद श्रेष्ठको घटनामा संसदीय छानविन समिति बनाएर अनुसन्धान गर्न पनि उनले आग्रह गरेका छन् ।
‘त्यो वार्तामा भनिएको छ, कोर टिमलाई बुझाउनु पर्छ । त्यो कोर टिम भनेको को हो ? त्यसको छानविन गर्नुपर्दैन सभामुख महोदय ? यसको छानविनका लागि यो संसद्भित्रको सदस्यले गरेको वार्तालापको सन्दर्भमा र भ्रष्टाचारको सन्दर्भमा यो संसद् चुप लागेर बस्न हुँदैन । आजकै दिनमा संसदीय समिति बनाएर यो घटनाको निश्पक्ष छानविनका लागि म निवेदन गर्न चाहन्छु,’– गुरुङले भने ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

