आफ्नै सांसद ढाकाकुमारको बयान लिँदै रबि
जानकारी केन्द्र
२०७९, चैत्र, २८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सोही पार्टीका सांसद् ढाकाकुमार श्रेष्ठको बयान लिने भएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा पार्टीको अनुशासन समितिले सांसद श्रेष्ठको बयान लिने भएको हो। व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्नका लागि दुई करोड पैसा मागेको अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठ आलोचित भएका थिए।
सो प्रकरणमा पार्टीले उनलाई निलम्बन गर्नुका साथै स्पष्टीकरणसमेत सोधेको थियो। पार्टीले सोधेको २४ घन्टे स्पष्टीकरणको समय सकिएपछि मात्र जवाफ दिएका श्रेष्ठले सो अडियो सम्पादन गरिएको जवाफ दिएका थिए। सोही विषयमा थप अनुसन्धानका लागि अनुशासन समितिले उनलाई बयानका लागि आज पार्टी कार्यालय बोलाएको हो। बयानपछि समितिले पार्टीलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


