रास्वपालाई इमानको कासीमा ताज पहिराएर राख्छु– रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई इमानको कसीमा सबैभन्दा माथि ताज पहिर्याएर राख्ने बताएका छन् । चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उनले पार्टीका विवादित सांसद ढाकाकुमार श्रेष्ठलक्षित टिप्पणी गर्दै उनले भ्रष्टाचारका मुद्दामा पार्टीले ऐतिहासिक निर्णय लिने बताएका हुन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई इमानको कशीमा सबैभन्दा कडा र सबैभन्दा माथि ताज पहिर्याएर राख्ने अभिलासा छ मेरो । म यो पुरा गर्छु । आफ्नालाई हेरेर होइन्, आम नागरिकलाई आफ्नो सोचेर निर्णय गर्नपर्ने हुन्छ,’– उनले भने ।
ऐतिहासिक घटनाक्रममा ऐतिहासिक निर्णय लिने उनले बताएका छन् । व्यक्तिको हितलाई हेरे भन्दा पनि आम नागरिकको हितमा निर्णय हुने उनले बताए । ‘इतिहास त्यतिखेर बन्छ, जब ऐतिहासिक घटनाक्रम आउँदा मान्छेले ऐतिहासिक निर्णय लिन्छ । पार्टीले राजनीतिक निर्णय लिँदा त्यो निर्णय व्यक्तिलाई हेरेर लियो कि मुलुकलाई हेरेर लियो रु त्यो भन्दा बाहेक अरु सोच्न हुँदैन,’– उनले भने ।
उक्त निर्णयमा विधि, कानुन र राजनीतका स्थापित मान्यताहरुका आधारमा निर्णय लिने बताए । आफूहरुका लागि जनतासँग गरेका वाचा र सुशासन महत्वपूर्ण भएको उनले बताए ।
‘भर्खरै सुरुवात भएको, नौ महिनामात्रै भएको पार्टीको जिम्मेवार सभापतिको हैसियतले यो बेलामा विधि के हो रु कानुनले के भन्छ रु राजनीतका स्थापित मान्यताहरु कस्तो हुनुपर्दछ रु राजनीति के का लागि गरेका हौं रु हामी किन राजनीतिमा आयौं रु आम जनताले छ महिनाभित्र हामीलाई जनताले यतिधेरै विश्वास किन दिए रु यो देशलाई माया गर्ने मानिसहरु आज यो पार्टीबाट राजनीतिक यात्रा किन सुरु गर्न चाहन्छन् रु हामीले जनताको घरदैलोमा पुगेर के के वाचा गर्यौं रु सबै कुराहरु हाम्रा लागि महत्वपूर्ण कुुरा हुन्,’– उनले भने ।
रास्वपा सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैया घुस मागेको अडियो सार्वजनिक भएपछि उनी विवादमा छन् । श्रेष्ठलाई पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधिसकेको छ । रास्वपाको आज बस्ने केन्द्रीय समितिको बैठकले उनलाई के कारबाही गर्ने भन्ने बारेमा निर्णय लिने छ ।
सम्बन्धित समाचार
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

