शेखर र गगनको दाबी ‘एक राज्यमन्त्रीसहित तीन मन्त्रालय पाउँछौं’
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले एक राज्यमन्त्रीसहित तीन मन्त्री पाउने दाबी गरेका छन्। संस्थापनइतर समूहका नेता शेखर कोइरालाको सचिवालय बालुवाटारमा बसेको समूहको भेलामा नेता कोइराला र महामन्त्री गगन थापाले आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने सभापति देउवासँग सहमति भइसकेको आफू पक्षीय सांसद्हरुलाई बताएका छन्।
तीन मन्त्री र एक राज्यमन्त्री पाउने सहमती भइसकेको र सोही अनुसार अब मन्त्रीहरुको नाम टुङ्ग्याउने तयारी गर्नुपर्ने शेखर र थापाले छलफलमा ब्रिफिङ् गरेको सहभागी नेताहरुले बताएका छन्।
बैठकमा सहभागी कांग्रेस सांसद् सुरेन्द्र आचार्यले भने, ‘तीन मन्त्री र एक राज्यमन्त्री पाइने कुरा भएको छ।’
बैठकमा तीन मन्त्रालय र एक राज्यमन्त्री पाउने सहमती भएको तर मन्त्रालयमा कसलाई पठाउनेबारे छलफल नभएको सांसद् आचार्यले बताए।
यस्तै, उनले उपनिर्वाचनपछि मात्रै मन्त्रिपरिषद्मा सहभागी हुनेबारे पनि छलफल भएको बताए। ‘उपनिर्वाचनपछि मन्त्री बनाउने कि भन्ने पनि छ,’ उनले भने।
सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसले गठबन्धनको भागबण्डाअनुरुप ८ मन्त्रालय पाएको थियो। ८ मन्त्रालयमध्ये शेखर समूहले ३ मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ। सो समूहलाई तीन मन्त्रालय दिन देउवाले नचाहेपछि सातौ पटकको मन्त्रिपरिषद् विस्तारमा आफ्नै समूहका ४ जनालाई मन्त्रिपरिषद्मा पठाएका थिए।
देउवाले शेखर समूहबाट मन्त्री बन्नेहरुको नाम मागेपछि शेखर समूह आज छलफलमा जुटेको थियो।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


