Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, बैशाख, ३
एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ(क्यान)ले आइतबार नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको हो।

क्यानले आइतबार रोहीत पौडेलको कप्तानीमा १४ सदस्यीय क्रिकेट टोलीको घोषणा गरेको हो।

टोलीमा कप्तान पौडेल, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख रहेका छन्।

यस्तै, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करन केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जीसी र ललित राजवँशी रहेका छन्।

एसियन क्रिकेट काउन्सिल(एसीसी) को आयोजनामा हुने प्रतियोगिता वैशाख ५ गतेबाट १८ गतेसम्म संचालन हुनेछ।

प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुने क्यानले जनाएको हो।

Top Changing Nepal

युट्युब सट्स