काठमाडौं महानगरले तोड्यो विद्यार्थी युनियनले लगाएको ताला
जानकारी केन्द्र
२०८०, बैशाख, १५
काठमाडौं । काठमाडौं महानगरपालिकाले कम्युनिस्ट क्रान्तिकारी विद्यार्थी युनियन (क्रान्तिकारी) ले महानगर अन्तर्गतको शिक्षा विभागमा लगाएको तालाबन्दी तोडेको छ ।
बुधबार काठमाडौं महानगरले महानगरभित्रका विद्यालयमा राजनीतिक गतिविधि गरे कारबाही गर्ने चेतावनी दिएको थियो । त्यसैको विरोध स्वरूप विद्यार्थी युनियनले बिहिबार दिउँसो शिक्षा विभागमा तालाबन्दी गरेको थियो ।
युनियनले राजनीतिक गतिविधि गर्न पाउनुपर्छ भन्दै तालाबन्दी गरेको हो । हिजै साँझै नगर प्रहरीले उक्त ताला तोडेको हो । यता युनियनले माग प्रति गम्भीर नभए र शाखामा लगाएको ताला तोडिए थप संघर्ष गर्ने चेतावनी दिएको थियो ।
महानगरले केही विद्यालयमा शिक्षा ऐन तथा नियमावली विरुद्ध राजनैतिक दल र त्यसका भातृसंगठनका कार्यक्रमहरू गरिएको सञ्चालन गरिएको सप्रमाण उजुरी आएपछि गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


