किन सुते रातभर सडकमा महाबिर पुन ?
काठमाडौं, १६ बैशाख । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पुन शुक्रबार राति रातभर सडकमा सुतेका छन्।
उनी शुक्रबार राति माइतीघर मण्डालाको सडकमा सुतेका हुन्।
शुक्रबारदेखि नै अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोषको कार्य अघि बढाउनुपर्ने, अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका माग राखेर पुन आन्दोलनमा उत्रेका थिए।
उनले शुक्रबार नै आन्दोलन र धर्ना दिन र रातभर हुने जानकारी दिएका थिए। उनले रातको धर्नामा भाग लिन चाहानेहरुलाई स्वागत गर्दै ओड्ने ओछ्याउने लिएर आउन आग्रहसमेत गरेका थिए।
शनिबार बिहान पुनले फेसबुकमा स्टाट्स राख्दै रातभर सडकमा सुतेको जनाएका छन्। उनले लेखेका छन्, ‘लु, हामी चाहिँ माइतीघर मण्डलाको सडकमा रात भर सुतेर उठ्यौँ। जनताहरु सुति रहनुहोस् र नेपाल सरकारलाई मज्जाले सुत्न दिइरहनु होस्। के त होला र ? केही चिन्ता छैन। हद्दै भए यहिँ नेपाल त जाला। पृथ्वी ता रहि रहन्छ नि।’
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


