लुटपाटका लागि भाँडा व्यवसायीको हत्या, यसरी भएको थियो घटना
काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वती नगरमा वैशाख ७ गते भाँडा व्यवसायी ३५ वर्षकी नीरा पाण्डे आचार्यको लुटपाटका लागि हत्या भएको पाइएको छ । प्रहरीले लामो अनुसन्धान गरी घटना भएको ११ औँ दिनमा आज त्यसको कारण बारे जानकारी गराउँदै लुटपाट गर्ने उद्देश्यले हत्या भएको पाइएको जनाएको छ ।
यद्यपि थप छानबिना अन्य कारण खुल्न सक्ने प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ । उनको हत्या गरेको आरोपमा शनिबार झापामा पक्राउ परेका विनोद विकलाई प्रहरीको केन्द्रीय अनु्सन्धान ब्यूरोले आज सार्वजनिक पनि गरेको छ । उनी झापा मेचीनगर नगरपालिका–१० घर भइ भक्तपुर नगरपालिका–१ लोकन्थली डेरा गरी बस्दै आएका थिए ।
उनले आफूले नै हत्या गरेको बयान दिएको सिआइवीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार लुटपाटका क्रममा उनले प्रतिकार गरेपछि भाँडा पसलमै भएको चक्कुले शरीरका विभिन्न ठाउँमा घोचेर हत्या गरेका थिए । नीरा एक दशक अघिदेखि काठमाडौं महानगरपालिका–६ सरस्वती नगरस्थित निरू किचेन एण्ड गिफ्ट स्वभिनर सञ्चालन गर्दै आउनुभएको थियो ।
प्रहरीले दिएको जानकारी अनुसार सुरुमा आरोपी विक क्यासिनोमा काम गर्ने गरेको र पछि काठमाडौंमा बाउन्सरको रुपमा जागिर गरेका थिए । जुवा खेल्ने क्रममा ऋण लागेपछि उनी लुटपाटमा संलग्न भएको र त्यही क्रममा नीराको पसलमा पुगेका थिए । घटना घटाएर झण्डै एक हप्ता उनी भक्तपुरको लोकन्थलीमा लुकेर बसेका र त्यसपछि झापा गएका पनि प्रहरीले जनाएको छ ।
उनले घटना घटाएर निराको सुनको सिक्री र काउन्टरमा भएको पैसा लिएर गएका थिए । त्यो सिक्री काठमाडौंको तारकेश्वरस्थित पाथिभरा सुनचाँदी पसलमा धरौटी छाडेर ५५ हजार पैसा लिएर गएको पनि खुलेको छ । हत्याका बेला लगाएको कपडा, जुत्ता तथा झोलासमेत प्रहरीले बरामद गरेको छ ।
उक्त हत्याको अनुसन्धानमा सुरुमा जिल्ला प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान गरेको थियो । तर त्यो अनुसन्धान निष्कर्षमा पुग्न नसकेपछि सिआइवीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ९एआईजी० किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरको समिति गठन गरिएको थियो ।
समितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुखसमेत सहभागि हुनुहुन्थ्यो । हत्याको दिन पसलमा सामान किन्न भनेर उनी पसलमा पसेका थिए । कुरा गर्न खोज्दा अरु मान्छे पनि आएपछि एटिएमबाट पैसा भिकेर आउँछु भनेर निस्किएका सिआइवीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा बताउनुहुन्छ ।
दोस्रो पटक एक्लै भएको मौका पारेर उनले घटना घटाएका थिए । वैशाख ७ गते अपराह्न पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा पाण्डे आचार्यको चक्कुले शरीरका विभिन्न अङ्गमा प्रहार गरी हत्या गरिएको थियो । गम्भीर अवस्थामा फेला परेकी उनलाई उपचारका लागि शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
बागलुङ घर भएकी उनी त्यहाँ भाडामा भाँडा पसल गर्दै आउनुभएको थियो । केही मिनेटको दुरीमा रहेको उनको कोठाको तल्लो सटरमा श्रीमान्को इलेक्ट्रिोनिक्स पसल समेत रहेको छ । त्यसदिन महिला पसलमै एक्लै रहेकी हुनुहुन्थ्यो । भाँडा पसलको पछाडि काउन्टर थियो । प्राय पसलमा ग्राहक नआएका बेला उहाँ त्यतै बस्नुहुन्थ्यो । त्यही बेला उहाँमाथि आक्रमण भएको थियो ।
पछाडि भएकाले वरपर घटनाबारे थाहा हुन सकेन । सिसी क्यामरा नभएकाले प्रहरीलाई अनुसन्धान गर्न समेत हम्मेहम्मे परेको थियो । पछि वरपरका सिसी क्यामरा हेरेर अध्ययन गरिएको थियो । घटना पछि एक जना महिला भाँडा किनेको उधारो तिर्न आउनुभएको थियो । पसलमा उहाँ हुनुहुन्थेन । त्यसपछि नीराको श्रीमानलाई फोन गरेर कोही छैन दोकानमा भन्नुभयो ।
श्रीमानले पछाडी काउन्टर छ, त्यतै तिर होलिन् भित्र गएर हेर्नु न भनेर जवाफ दिनुभएको थियो । भित्र काउन्टर नजिक गएर हेर्दा उनी रक्ताम्मे भएर ढलिरहेकी दखेपछि उहाँले नै प्रहरीमा खबर गर्नुभएको थियो ।
घटना भएको केही घण्टा अघि उनले लामखुट्टे नियन्त्रण गर्ने व्याटको सामाजिक सञ्जालमा प्रचार गरेको पाइएकाले घटनामा पारिवारिक कारण नभएको प्रहरीले यसअघि नै निष्कर्ष निकालेको थियो । यसअघि घटनाका दोषीलाई पत्ता लगाई कारबाही गर्न नसकेको भन्दै स्थानीयले घटनास्थलमा प्रदर्शनसमेत गरेका थिए ।
सम्बन्धित समाचार
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

