Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

नेपाललाई एकपछि अर्को सफलता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, बैशाख, १८
नेपाललाई एकपछि अर्को सफलता

काठमाडौं । एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ। युएईका भृत्या अर्विन्दलाई नेपालका करण केसीले आशिफ शेखको हातबाट क्याच आउट गराए। उनले दुई चौकासहित ८ रन जोडेका थिए।

यसअघि युएईका ओपनर मोहम्मद वासिमलाई सोमपाल कामीले ललित राजबंशीको हातबाट क्याच आउट गराए। ललितले हावामा उफ्रिएर बल क्याच गरेका थिए।

वासिमले १ चौका र १ छक्कासहित ११ रन बनाएका थिए। पाँचौ ओभर पुरा हुँदा युएईले २ विकेटको क्षतिमा २८ रन जोडेको छ।

त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए।

naima expoTop Changing Nepal

युट्युब सट्स