आईपीएल : विराट कोहलीले अमित मिश्रालाई गरे गाली, जुनियर खेलाडीलाई देखाए जुत्ता
एजेन्सी । आईपीएल २०२३ को ४३ औँ खेलमा निकै हंगामा भयो । लखनऊ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको एकना स्टेडियममा भएको खेलमा विराट कोहलीले विपक्षी टोलीका खेलाडी अमित मिश्रा र नवीन उल हकपछि लखनऊ सुपर जाइन्ट्सका प्रशिक्षक गौतम गम्भीरसँग भिड्दै गरेको देखियो ।
कोहलीले मैदानमा जुनियर खेलाडी नवीन उल हक र सिनियर क्रिकेटर अमित मिश्रालाई गाली गरेको सामाजिक सञ्जालमा बताइएको छ । विराट यहीँ रोकिएनन्, उनले नवीन उल हकलाई जुत्ता पनि देखाए । कोहलीले किन यसो गरे, अहिलेसम्म खुल्न सकेको छैन ।
सामाजिक सञ्जालमा भाइरल भएका धेरै भिडियोमा यो कुरा विराट कोहलीबाट सुरु भएको स्पष्ट देख्न सकिन्छ । लखनउको इनिङ्सको १७ औं ओभरको सुरुमा विराट अचानक स्टम्पको नजिक दौडिए र क्रिजमा रहेका नवीन उल हकलाई केही भने ।
यसपछि अफगानी तेज बलर नविन पनि विराटको नजिक पुगे र दुबैले तू तू मैं मैं भन्न थाले । यसै क्रममा विराटले आफ्नो जुत्तातर्फ इशारा गर्दै त्यसबाट माटो निकालेर नवीनलाई केही भने । उसले अफगान खेलाडीको हैसियतको कुरा गरिरहेको जस्तो देखिन्थ्यो ।
यसपछि विकेटकिपर दिनेश कार्तिक र अम्पायरले विराट र नवीनलाई अलग गरे । कुरा बढ्दै गएको देखेर नन स्ट्राइक एन्डमा उभिएका अमित मिश्राले विराटलाई शान्त पार्ने प्रयास गरे तर कोहलीले टीम इन्डियाका सिनियर पार्टनर अमित मिश्रालाई पनि छोडेनन् । उनी पनि मिश्रसँग झगडा गर्न थाले ।
खेलपछि जब दुवै खेलाडीले हात मिलाउने पालो आयो, तब कोहली फेरि नवीनसँग झगडा गरेको देखियो । नवीनले कोहलीसँग हात मिलाए तर उनको हात झटकाए । सामाजिक सञ्जालमा कोहलीको यो अभिनय देखेर मानिसहरुले नकारात्मक प्रतिक्रियाहरु दिइरहेका छन् ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


