रातो मच्छिन्द्रनाथको रथ लगनखेलको इतिटोलमा, बिहान महिलाले मात्रै रथ ताने
ललितपुर । आज रातो मच्छिन्द्रनाथको रथ महिलाले मात्रै तानेर लगनखेलको इतिटोलमा पुर्याइएको छ । रथयात्राको क्रममा हरेक वर्ष नरीवल खसाल्ने जात्राको भोलिपल्ट महिलाहरुले मात्रै रथ तान्नु पर्ने परम्परा (याक मिसाया भुज्या) अनुसार आज बिहान महिलाहरुले रथ तानेर इतिटोल पुर्याएका हुन् ।
रातो मच्छिन्द्रनाथको कुलेदवी पूजा आउँदो २८ गते गरिने भएको छ । हिजो नरीवल खसाल्ने जात्राको दिन बाराही गुथियार, गुथि संस्थानका प्रतिनिधिसहितको टोलीले कूलदेवीको पूजाको साइत हेर्नु पर्ने परम्परा अनुसार आउँदो २८ गतेका लागि साइत निकालेको बाराही नाइके दिलकुमार बाराहीले बताउनु भयो ।
कुलदेवी पूजा ४ दिनसम्म गर्ने गरिन्छ । मच्छिन्द्रनाथको कुलदेवी भनेर गाबहालमा रहेको पूर्णचण्डीलाई पूजा गरिन्छ । कुलदेवीको पूजाको दिन अर्थात् वैशाख २८ गते नै रथलाई लगनखेलबाट जावलाखेलसम्म तान्नको लागि साइत हेर्ने गरिन्छ ।
रथ जावलाखेलमा पुर्याएको चार दिनमा भोटो देखाउने गरिन्छ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई पनि खटमा राखेर टंगल लगिनेछ । योसँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिने छ ।
सम्बन्धित समाचार
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


