Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

चितवन मेडिकल कलेजमा अध्ययनरत छात्राले गरिन् आत्महत्या

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, बैशाख, २७
चितवन मेडिकल कलेजमा अध्ययनरत छात्राले गरिन् आत्महत्या

काठमाडौं । चितवन मेडिकल कलेजमा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छिन्। कलेजमा बिडीएस चौथो वर्षमा अध्ययनरत पोखराकी करिब २१ वर्षिया सिम्रन थापाले बुधबार बिहान ११:३० बजे आत्महत्या गरेको सोही कलेजमा मेडिकल इन्टरनसिप गरिरहेका डा प्रविण लामाले रिपोर्टर्स नेपाललाई बताए।

उनका अनुसार थापाले सो कलेजका शिक्षकले मानसिक तनाव दिएपछि आफ्नै कोठामा कलेज ड्रेसमै आत्महत्या गरेकी हुन्।

लामाका अनुसार आजबाट परीक्षा सुरु भएको र परीक्षा चलिरहँकै समयमा एक शिक्षकले उनलाई परीक्षाबाट बाहिर निकाल्दा थापाले कोठामा गएर कलेज ड्रेसमै आत्महत्या गरेका हुन्।

निष्पक्ष छानबिनको माग गर्दै चितवन मेडिकल कलेजको ओपडी सेवा आफूहरुले अनिश्चित कालको लागि बन्द गरेको उनले बताए।

Top Changing Nepal

युट्युब सट्स