Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

पासाङ ल्हामु शेर्पाका श्रीमान् सोनामले गरे सगरमाथाको सफल आरोहण

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, जेष्ठ, ३
पासाङ ल्हामु शेर्पाका श्रीमान् सोनामले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं । नेपालको पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाका श्रीमान तथा यती ग्रुपका अध्यक्ष सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् ।

शेर्पाले आज विहान ७ बजे ३३ मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन्।
सगरमाथाको सफल आरोहण गरेसँगै शेर्पाले सातै महादेशका अग्ला हिमाल आरोहण पुरा गरेका छन् ।

यसअघि उनले ६ वटा महादेशका अग्ला हिमाल आरोहण गरिसकेका थिए।

उनकी श्रीमती पाशाङ ल्हामु शेर्पाले २०५० सालको वैशाखमा सगरमाथाको सफल आरोहन गरेर विश्व रेकर्ड कायम गरेकी थिईन् तर सगरमाथा आरोहण बाट फर्कनेक्रममा हिँउमा चिप्लिएर वैशाख १०/२०५० मा उनको निधन भएको थियो ।
शेर्पाको योगदानको कदरगर्दै सरकारले उनलाई राष्ट्रिय विभूती घोषणा गरेको छ ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स