शरणार्थी प्रकरण : यसरी बनेको थियो योजना, टोपबहादुरसहित ४ जना मुख्य योजनाकार
काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको मुख्य योजनाकार ४ जना रहेको निश्कर्ष निकालेको छ।
प्रहरीले निलम्बित एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, एमालेकै नेता तथा पूर्वगृहमन्त्री ‘बादल’का सल्लाहकार डा। इन्द्रजित राई, मोरङका केशव दुलाल र ललितपुरका सानु भण्डारी मुख्य योजनाकार रहेको निश्कर्ष निकालेको छ।
दुलालकै आग्रहमा भण्डारीले नेपाल सरकारले भुटानी शरणार्थीहरुलाई अमेरिका लगिरेहको र ती शरणार्थीहरुमा नेपालीहरुलाई पनि घुसाएर अमेरिका लग्ने योजना सुनाएको प्रहरीले अनुसन्धानबाट निश्कर्ष निकालेको छ।
सरकारले सक्कली भुटानी शरणार्थीलाई अमेरिका लगिरहेको र सो लहरमा केही नेपालीहरूलाई भुटानी शरणार्थीको परिचयपत्र दिलाएर उनीहरूसँगै अमेरिका उडाउने र सो प्रकियामा अमेरिका जान चाहाने व्यक्तिहरूसँग लाखौँ रूपैयाँ उठाउने योजना भण्डारीले आफ्नै घरमा डेरागरी बसिरहेका तत्कालिन उपप्रधानमन्त्री रायमाझीलाई सुनाएका थिए।
सो योजनाबाट प्रेरित भएर रायमाझीले दुलाल र भण्डारीलाई तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार डा। इन्द्रजितलाई भेटाएर उक्त प्रकिया अगाडि बढाउन आग्रह गरेको उनीहरुले सरकारी वकिल कार्यालयमा दिएको बयानका आधारमा प्रहरीले निश्कर्ष निकालेको छ।
तत्कालिन गृहमन्त्री थापा बाहिरिएपछि उनका सल्लाहकार डा। इन्द्रजितपनि बाहिरिँदा सो गिरोहले आफ्नो योजना साकार पार्न अर्का गृहमन्त्री बालकृष्ण खाँणलाई प्रयोग गर्ने जुक्ति अपनाए।
त्यसका लागि उनीहरूले मोरङका सागर राईलाई प्रयोगमा ल्याए। राईमार्फत उनीहरूले तत्कालिन गृहमन्त्री खाँण र तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसँग पकड बनाएर आफ्नो काम अगाडि बढाउन खोजेको प्रहरीले निश्कर्ष निकालेको छ।
सो प्रकरणमा प्रहरीले हालसम्म १६ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


