Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

ढाकाकुमारको रिटमाथि सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, जेष्ठ, १०
ढाकाकुमारको रिटमाथि सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज

काठमाडौं । रास्वपाका निलम्बित समानुपातिक सांसद्‍ ढाकाकुमार श्रेष्ठको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। बुधबार न्यायाधीशहरू कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले यस अगाडि दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो।

श्रेष्ठले सांसद् पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले श्रेष्ठको सांसद् पद खारेजको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

श्रेष्ठले मन्त्रीबन्न व्यवसायी दुर्गा प्रसाईँसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई सांसद् पदबाट निलम्बन गरेको थियो।

naima expoTop Changing Nepal

युट्युब सट्स