के तपाईलाई काँक्रा मन पर्छ ? यस्तो छ काँक्रा खानुका फाइदा र उपयुक्त समय
काठमाडौं । यतिबेलाको मौसम चर्को गर्मीको हो । चर्को गर्मीको मौसममा धेरै व्यक्तिलाई चिसो फलफुल खान असाध्यै मन पर्छ त्यसमाथि पनि चर्को गर्मीमा काँक्रा खानुको मज्जा नै बेग्लै हुन्छ ।
धेरैजसोले सलादकै रुपमा प्रयोग गर्ने काँक्राले शरीरलाई स्वस्थ राख्नुका साथै छालाको सौन्दर्य पनि बढाउँछ । काँक्राका फाइदा यति धेरै छन कि यसका बेफाइदा नै छैनन् भन्दा पनि हुन्छ ।
काँक्रामा भिटामिन सी,पोटासियम,फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ । त्यस्तै कार्बोहाइड्रेट, क्याल्सियम,फस्फोरस,फलाम,सल्फरजस्ता बहुपयोगी तत्व समेत काँक्रामा पाइन्छ ।
यस्ता छन् काँक्रा खानुका फाइदाहरु
– काँक्रामा भएको पोषक तत्वले रगत जम्न दिँदैन हड्डीका मासी र रगतमा क्याल्सियमको स्तरलाई सन्तुलनमा राख्ने कामसमेत गर्दछ ।
– काँक्राले पाचन शक्ति बढाउने भएकाले कब्जियतको समस्याबाट मुक्त गराउँछ ।
– काँक्राले मानिसको तौल र पेटको बोसो घटाउन मद्धत गर्दछ ।
– काँक्राको सेवनले मानिसको शरीरलाई हाइड्रेटेड राख्नुका साथै काममा जाँगर पनि दिन्छ ।
– काँक्राले मेटाबोलिक दर बढाउन पनि मद्दत गर्छ, जसकारण पेटसँग सम्बन्धित समस्या पनि कम हुन्छ ।
– काँक्रामा भएको पानीले विषाक्त तत्वलाई मानव शरीरबाट बाहिर फाली मिर्गौलाको पत्थरीलाई हटाउन, मुखको दुगन्ध हटाउन मद्दत गर्छ ।
काँक्रा खाने उपुक्त समय कुन हो ?
बिहान खाली पेटमा काँक्रा खानु पाचनक्रियाका लागि फाइदाजनक हुन्छ । त्यसपछि बिहानको खानापछि, दिउँसो, बेलुका जतिबेला पनि खान सकिन्छ । तर पनि रातमा भन्दा दिनमा उपभोग गर्दा पनि अझ लाभदायक मानिन्छ ।
सम्बन्धित समाचार
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

