Jankari Kendra
७ भाद्र २०८३, आईतवार
Worldlink

बसले कारलाई दियो ठक्कर, दुई जनाले गुमाए ज्यान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, जेष्ठ, १७
बसले कारलाई दियो ठक्कर, दुई जनाले गुमाए ज्यान

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नंको बसले काठमाडौंबाट कोहलपुरतर्फ आउँदै गरेको बा १३ च ८२५३ नंको कारलाई ठक्कर दिएको थियो ।

ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ । दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका सुवास अधिकारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ बस्ने करिब ५४ वर्षीया डा. सञ्जु खाती खड्काको मृत्यु भएको हो ।

प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स