थप हवाई रुट नदिने भारतको जवाफ, मोदीसँगको भेटपछि प्रधानमन्त्री दाहाल निराश
काठमाडौं । भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लागि भारतले हवाइ रुट नदिने भएको छ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको आजको भेटवार्तामा यो विषय उठाउँदा मोदीले कुनै चासो नदेखाएको स्रोतको दाबी छ । मोदीले बरु नेपालगञ्जबाट १५ हजार फिट मा उडेर आवातजावत गर्न दिनेगरि सहज वातावरण बनाउने जवाफ दिएका छन् । मोदीको जवाफले प्रधानमन्त्री दाहाल निराश बनेका छन् ।
अहिले नेपाल प्रवेश गर्ने एयर रुट बाराको सिमरा मात्र छ । एउटामात्रै रुट भएकोले सो रुटमा अत्यधिक चाप रहेको कुरा पहिल्यैदेखि नै चर्चा हुने गरेको छ । प्रधानमन्त्री दाहालको यस भ्रमणमा यो विषय नेपालले महत्वको साथ उठाउने पूर्व घोषणा नै गरेको थियो ।
नेपालले भैरहवा र महेन्द्रनगरबाट नेपाल प्रवेश गर्ने रुटमा भारतले सहजीकरण गर्ने विश्वास राखेको थियो । तर, प्रधानमन्त्री दाहालको आज मोदीसँग भएको भेटले यो विषय फेरि ओझेलमा परेको छ । नेपालको प्रस्तावमा मोदी नै सकारात्मक नबनेको बुझिएको छ । यस्तै, मोदीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा देखिएका समस्या समाधानको लागि इपिजीले तयार पारेको प्रतिवेदन पनि नबुझ्ने अडान लिएका छन् ।
सम्बन्धित समाचार
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

