प्रधानमन्त्रीको भारत भ्रमण : ऊर्जा व्यापार र आर्थिक समुन्नतिमा कोसेढुङ्गा
काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणले उच्चस्तरीय राजनीतिक नेतृत्वमा आपसी विश्वास निर्माण, ऊर्जा व्यापार र आर्थिक समुन्नतिका दृष्टिले अभूतपूर्व भएको प्रतिक्रिया दिएका छन् ।
पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनी र पूर्वमन्त्री एवं भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा त्रिदेशीय ऊर्जा व्यापार सम्बन्धी सम्झौता कोसेढुङ्गा साबित हुने बताए ।
पूर्वराजदूतद्वय प्रा.डा. लोकराज बराल र प्राध्यापक विजयकान्त कर्णले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण राजनीतिक रूपमा विश्वास कायम गरी व्यापारिक सम्बन्धको आधारशिला तयार गर्ने गरी सम्पन्न भएको बताए ।
उनीहरूले विद्युत् व्यापारलाई भारत र बङ्गलादेशसम्म लाने गरी भएको सम्झौताले नेपालको समुन्नतिमा नवीन युग प्रारम्भ गर्न सक्ने बताए । तर, यसका लागि नेपालले पनि लगानीको विषयमा बृहत् तयारी गर्नुपर्ने उनीहरूको भनाइ छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
सम्बन्धित समाचार
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


