खप्तड क्षेत्रमा बाबा रामदेवको योग
बझाङ । पूर्वीय ज्ञान र पश्चिमी विज्ञानका ज्ञाता महात्मा सच्चिदानन्द सरस्वती (खप्तड बाबा)ले ५० वर्ष बिताएको खप्तड क्षेत्रमा योग गुरु रामदेवले योग सिकाउने भएका छन् । खप्तडको गंगा दसहरा मेलाको अवसरमा आयोजित पहिलो अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनका अवसरमा बाबा रामदेव र आचार्य बालकृष्णले योग गराउने भएका हुन् ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको सो कार्यक्रममा योग गुरु बाबा रामदेव र आचार्य बालकृष्ण विशेष अतिथिका रूपमा सहभागी थिए । मंगलबार बाबा रामदेवले र बाँकी दुई दिन आचार्य बालकृष्णले योग सिकाउने कार्यक्रम रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले जानकारी गराए ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत खप्तड पुगेका प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्रको थप विकासका लागि सरकारले बृहत् कार्ययोजना तयार गरेर अगाडि बढ्ने बताए ।
सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा सुरु भएको प्रथम खप्तड आध्यात्मिक सम्मेल उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले खप्तड सुदूरपश्चिम प्रदेश सरकारको मात्र नभएर नेपालकै अलौकिक भूमि भएको धारणा राखे । उनले खप्तड क्षेत्रलाई अन्तर्राष्ट्रिय आध्यात्मिक खप्तड धामका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस कार्यका लागि योग गुरु रामदेव बाबा र बालकृष्ण आचार्यको सहयोगको अपेक्षा गरे ।
प्रधानमन्त्री प्रचण्डको कुरा सुनिसकेपछि योग गुरु रामदेव बाबाले खप्तडलाई धार्मिक स्थलका रूपमा थप अगाडि बढाउन आफ्नो पूर्ण साथ सहयोग रहने बताए । कार्यक्रममा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकी भुँवा, हुड्क्यौली, गौरा, देउडा, पुतला नाचलगायत प्रस्तुत गरिने आजको राजधानी दैनिकमा खवर छ ।
सम्बन्धित समाचार
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


