Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

लिभिङ टुगेदरमा रहेकी युवतीको प्रेमीबाटै कुटपिट गरी हत्या

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, जेष्ठ, २५
लिभिङ टुगेदरमा रहेकी युवतीको प्रेमीबाटै कुटपिट गरी हत्या

काठमाडौं । काठमाडौंको ठमेलमा एक युवतीको हत्या भएको छ । मंगलबार काठमाडौं महानगरपालिका २६ ठमेल भगवती बहालमा बस्ने युवतीको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।

चितवनको राप्ती नगरपालिका ७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो । उनी माथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले काभ्रे धुलिखेल नगरपालिका १० घर भई भगवती बहालमा डेरामा बस्ने ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरिएको छ ।

एसपी रिजालका अनुसार उनीहरू भगवती बहालको चार तले घरको दोस्रो तलामा डेरा लिएर ६ महिनादेखि लिभिङ टुगेदर गरी बसेका थिए । प्रहरीका अनुसार मंगलबार दिउँसो उनीहरूबीच विवाद भएर झगडा भएको थियो ।

मापसे गरेका उनले कुटपिट गरी गम्भीर घाइते तामाङलाई साढे ३ बजे उपचारको लागि महाराजगञ्जस्थित अस्पतालमा पुर्‍याइएको थियो । उपचारको क्रममा राति पौने ८ बजे मृत्यु भएको एसपी रिजालले बताए ।

Top Changing Nepal

युट्युब सट्स