Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

पशुपतिबाट नन्दी चोरी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, जेष्ठ, २८

काठमाडौं । पशुपतिनाथ मन्दिरमा छाडिएका नन्दी (साँढे) तस्करी भएको छ। एक साताको अन्तरालमा दुई वटा नन्दी चोरी गर्दै गरेको अवस्थामा फेलापरेपछि पशुपतिनाथका साँढे पनि तस्करले लैजाने गरेको खुलेको हो।

जेठ २३ गते साँढे चोरी गरी लैजान लागेको अवस्थामा रामेछाप घर भई हाल ललितपुरमा गाई फर्म सञ्चालन गर्ने यादव बोहोरालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार सोही दिन अभियुक्त बोहोरालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनका लागि म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले अभियुक्त बोहोरासँगै बा१३च १४०१ नम्बरको पिकअप भ्यान बरामद गरेको छ। साथै गाडीमा राखिएको एउटा नन्दी उद्धार गरिएको प्रहरीको भनाइ छ। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बौद्धबाट अर्को एउटा नन्दीको पनि उद्धार गरिएको बताउनुभयो। उहाँका अनुसार शुक्रबार पशुपति क्षेत्रबाट बौद्ध पु¥याइएको नन्दी फिर्ता ल्याएर औषधोपचार गरिएको छ।

उनले भने “ठुला भएका नन्दी चोरी गर्ने गिरोह सक्रिय भएको पाइयो। यस्ता नन्दी पाँच मिनेटमा छोटो दुरी मात्रै हिँड्न सक्छन्। शुक्रबार बौद्धमा पु९याएर बाँधेको अवस्थामा फेलाप९यो। हानेर भागेको भागै ग९यो। बल्लबल्ल उद्धार गरी ल्याएर औषधि लगाइयो।”

डा। खतिवडाले पशुपतिनाथ मन्दिरमा प्रत्येक पूर्णिमामा १२ वटा र मकैसुब्बा गुठीबाट एउटा गरी वर्षमा १३ वटाका दरले पशुपतिनाथका नाममा नन्दी छाड्ने परम्परा रहेको बताए। उनका अनुसार यसरी छाडिएका नन्दी पाशुपत क्षेत्रमै रहन्छन्। उनले भने, “कहिलेकाहीँ पशुपतिनाथबाट नन्दी हराउने कुरा सुनिन्थ्यो तर चोरी नै हुँदोरहेछ भन्ने अहिले खुल्यो।”

डा।खतिवडाले नन्दी संरक्षणमा पशुपति गौशाला धर्मशालाको दायित्व हुने बताए। उनले भने, “पशुपति गौशाला धर्मशालाको जिम्मेवारी नै पशुपतिनाथका नाममा छाडिएका नन्दी संरक्षण गर्नु हो तर गौशाला धर्मशालामा जर्सी गाई पालेर दूध व्यापार गरिन्छ।

नन्दी बाहिरको बाहिरै हुन्छन्। त्यो जग्गा नन्दी संरक्षण गर्न हो, जर्सी गाई पाल्न होइन।” पशुपति गौशाला धर्मशाला अहिले मारवाडी सेवा समितिले सञ्चालन गर्दै आएको छ। गोरखापत्र दैनिकबाट

 

naima expoTop Changing Nepal

युट्युब सट्स