सामन्तकालमा राज्यको चरित्र दमनकारी थियो, लोकतन्त्रमा लुटकारी छः प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले राज्यको चरित्र लुटकारी भएको टिप्पणी गरेका छन् । सरकारले किसानले उत्पादन गर्ने आलु, प्याज, कुखुरा र कृषिजन्य उत्पादनमासमेत कर लगाउने नीति ल्याएको भन्दै उनले सामन्तकालमा दमनकारी चरित्र बोकेको राज्य व्यवस्था लोकतन्त्रमा लुटकारी बनेको टिप्पणी गरेका हुन् ।
‘लोकतन्त्रमा राज्यको चरित्र सेवाकारी हुनुपर्ने हो । सहयोगी हुनुपर्ने हो । तर, चुस्ने लुट्ने चरित्र देखा परेको छ । एउटा कृषकको घाटा लाग्छ तपाईँ कहिले पनि उभिनुहुन्न । जब उ नाफा गर्छ आलुमा अनि त्यसमा ट्याक्स लगाउनुहुन्छ । एउटा कुखुरा फर्मको दयनीय हालत हुन्छ, उ टाट पल्टिन्छ त्यसबेला राज्य हुँदैन । उसले नाफा गर्छ अनि तपाईँ कुखुरामा ट्याक्स लगाइदिनु हुन्छ । यो चरित्रलाई के भन्छ ?’ प्रश्न गर्दै उनले भने, ‘सहयोगी चरित्र भन्छ ? हिजो सामन्त कालमा राज्यको चरित्र दमनकारी थियो भने अहिलेको चरित्र लुटकारी छ । लुट, जति सकिन्छ लुट भनेको जस्तो देखिन्छ ।’
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


