Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

खजुरको निरन्तर प्रयोगले आँखालाई धेरै फाईदा हुन्छ, अरू फाइदा यस्ता छन्

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, जेष्ठ, २९
खजुरको निरन्तर प्रयोगले आँखालाई धेरै फाईदा हुन्छ, अरू फाइदा यस्ता छन्

खजुर कमै मानिसहररुलाई थाहा भएपनि धेरैजसोलाई मनपर्ने फल हो । यो फल मिठो र स्वादिलो हुने भएकोले धेरैले खाने गरेको पाइन्छ । खजुर मिठो हुनुको साथै स्वास्थ्यको लागि एकदमै लाभदायक पनि मानिन्छ । खजुरलाई हामीले मिठाई बनाएर वा कुनै चिजमा मिसाएर, चिनीको रुपमा प्रयोग गरेर र आइसक्रिममा राखेर खाने गर्दछौ । खजुरलाई मिठाइको रुपमा पनि केटाकटीहरुलाई दिने गर्छौ। खजुर खानाले हाम्रो शरीरलाई नोक्सान कम फाइदा धेरै गर्ने गर्छ ।

खजुर सुगर बिरामीले खानु हुदैन । किनभने, यसमा चिनीको मात्रा बढि पाइने हुनाले सुगर बिरामीले खजुर खान राम्रो मानिदैन । यसमा फ्याट कम मात्रामा पाइएतापनि मोटो मानिसहरुले धेरै खानुहुदैन र दुब्लो पातलो मानिसले आफुले चाहेजति खान सकिन्छ । खजुरको निरन्तर प्रयोगले धेरै फाइदाहरु दिने गरेको छ ।

१. खजुरमा ०.४ ग्राम फ्याट, क्यालोरी, फाइबर ४ ग्राम, एन्टिअक्सिडेन्ट, फ्ल्याविनओइट्स, क्यारोटिनओइट्स पाइन्छ।
२. खजुरको निरन्तर प्रयोगले आँखालाई फाइदा दिने गर्दछ ।
३. कम उमेरमा बढी उमेरको देखिने समस्या कम गर्न मद्दत गर्छ ।
४. गर्भवती भएको महिलाहरुले सुत्केरी हुनुभन्दा एक महिना अघी खाए भने कलेजो स्वस्थ राख्ने र नर्मल डेलीभरी हुनमा मद्दत गर्दछ ।
५. खजुरमा फस्फोरस, क्याल्सियम र मिनरल पाइनेहुनाले हड्डीको लागि फाइदा दिने गर्दछ ।
६. खजुरमा आइरन बढी पाइने हुनाले रगतको मात्रा बढ्छ ।
७. खजुरलाई ड्राई फुडको रुपमा प्रयोग हुने ।
८. खजुरको निरन्तर प्रयोगले मुटुलाई स्वस्थ बनाउनमा मद्दत गर्दछ ।

naima expoTop Changing Nepal

युट्युब सट्स