आफै ट्याक्टर चलाएर बेहुला कन्याको घर पुगेपछि..
एजेन्सी । राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् । दुलहीको घरमा खेत खनजोतमा प्रयोग हुने ट्याक्टरको ताँती लगाएर ती किसानले छोराको धुमधामसँग बिहे गराएका हुन् । आफ्नो लगनगाँठो कस्न जाँदा फगत एउटा ट्याक्टर लिएर गएका ती किसानले बुहारी लिन जाँदा भने ५१ वटा ट्याक्टरको जुलुस गराएका छन् ।
सोमबार बिहान बेहुला प्रकाश चौधरीको घरबाट ५१ किलोमिटर टाढा रहेको रोली गाउँतर्फ दुलही लिन गएको टोली देखेर गाउँभरका मानिस अचम्म मानेर हेरिरहेका थिए । अझ आश्चर्यको कुरा के भने दुलाहा आफैले ट्याक्टर चलाएका थिए । उनका पछिपछि ५० वटा ट्याक्टरको ताँती थियो । ट्याक्टरमा दुई सय जनाभन्दा बढी जन्ती थिए ।
“मेरो विवाहमा जम्मा एउटा ट्याक्टर थियो, मैले छोराको लागि ५१ वटा ल्याएँ,”आफ्नो परिवारको मुख्य पेशा कृषि भएकाले किसानको पहिचान ट्याक्टर चलाएर बुहारी लिन छोरालाई निर्देशन दिएको स्पष्ट गर्दे दुलहा प्रकाशका बुवा भन्छन् । बाबुको निर्देशन अनुसार आफूले ट्याक्टर चलाएको र किसानको छोरालाई दुलही लिन जाँदा अन्य सवारी साधन चढ्नुपर्छ भन्ने नलागेको उनले बताए ।
शेरवानीमा सजिएका उनले रवाफिलो विवाह नरुचाएको एनएनआईलाई सुनाए । कन्या पक्षका मानिस दुलहा स्वयमले् ट्याक्टर लिएर आएको खबर दुलही ममताको गाउँमा फैलिएपछि आश्चर्यचकित धेरै गाउँले प्रकाश र ट्याक्टरमा आएका उनका जन्तीलाई हेर्न धुइरिएका थिए ।
प्रकाशका पितासँग ३० वटा ट्याक्टर भएकाले जन्ती जान अरु सवारी साधनको जोहो नगर्ने बरु छिमेकी किसानका ट्याक्टर पनि माग्ने निर्णय गरेर थप २१ वटा ट्याक्टरमा जन्ती व्यवस्थापन गरिएको उनले बताएका छन् ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

