Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

संसद्मा खानको आक्रोश: नागरिकता माग्नु अपराध भए गोली हानेर धपाउनुस्

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, जेष्ठ, ३२
संसद्मा खानको आक्रोश: नागरिकता माग्नु अपराध भए गोली हानेर धपाउनुस्

काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य अब्दुल खानले नागरिकता विधेयक प्रमाणीकरण प्रकरणमा भइरहेको ढिलाइप्रति संसद्मा आक्रोश व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको बिहिबारको बैठकमा बोल्दै पुर्वखानेपानी तथा सरसफाइमन्त्री समेत रहेका खानाले गृहमन्त्री नारायाणकाजी श्रेष्ठलाई प्रश्न गर्दै नागरिकता माग्नु अपराध भए गोली हान्न आग्रह गरेका छन् ।

उनले भने, ‘संसदबाट विधेयक पास हुन्छ तर लागू हुँदैन, कहिले राष्ट्रपतिले रोक्छ, कहिले न्यायालयले रोक्छ। नागरिकताविहीनले नागरिकता पाउनेचाहिँ कहिले हो रु गृहमन्त्रीज्यू, नागरिकता माग्नु अपराध हो भने गोली हानेर धपाउनुस्।’

Top Changing Nepal

युट्युब सट्स