प्याज महंगोमा बेचे कारबाही गरिने
काठमाडौं । वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मनोमानी मूल्य बढाएर प्याज बेचे कारबाही गर्ने चेतावनी दिएको छ ।
व्यवसायीहरूले प्याजको मूल्य दोब्बर बढाएपछि वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति नै जारी गरेर कानुनले तोकिदिएको दायित्व पूरा नगर्ने व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो ।
आर्थिक वर्ष ०८०/८१ को बजेटमार्फत प्याजमा भ्याट लगाएपछि व्यवसायीहरुले प्याजमा अचाक्ली मूल्यवृद्धि गरेका छन् । मूल्यवृद्धिको चौतर्फी विरोध भइरहेको छ । विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘वस्तुको स्वाभाविक मूल्यभन्दा उच्च मूल्य कायम गरेर बिक्री गर्ने कार्य उपभोक्ता संरक्षण ऐन ०७५ अनुसार दण्डनीय अपराध हो ।
कर लागेको बहानामा नियमित आपूर्ति भइरहेको वस्तुमा स्वाभाविक मूल्यभन्दा उच्च मूल्यमा बेच्न पाइँदैन । दैनिक आधारभूत आवश्यकताका वस्तुको आपूर्ति प्रणालीमा आबद्ध हुने पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता तथा विक्रेताले तोकिदिएको दायित्व बहन गर्नुपर्छ ।
कानुनबमोजिम बिलबीजक जारी गरी कारोबार गर्न ध्यानाकर्षण गराइन्छ, दायित्व पूरा नगरे कडा कारबाही हुन्छ ।’ विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

