नरिवल पानी पिउनुको फाईदै फाईदा छ, रक्तचाप पनि घटाउँछ
नरिवललाई सामान्यतया स्वस्थ फ्याटको स्रनेत मानिन्छ । यसमा प्रोटिन, फाइबर, खनिज पदार्थहरु जस्तै-आइरन, म्याग्नेसियम, कपर, फस्फोरस, पोटासियम,क्याल्सियम, सोडियम, म्याग्नीज पाइन्छ । दुई चम्चा ताजा काटेको नरिवलमा ३५ क्यालोरी, १ ग्राम प्रोटिन, ३ ग्राम फ्याट, कार्बोहाइट्रेड २ ग्राम, १ ग्राम फाइबर र १ ग्राम सुगर पाइन्छ ।
ऐतिहासिक रुपमा मानिसहरुले परम्पराको रुपमा नरिवलको प्रयोग गरेको पाइन्छ । नरिवलको तेल, धुलो, जुस, क्यान्डी, वाइन र विभिन्न प्रकारका खानेकुराहरु बनाइन्छ । नरिवलमा भएको पानी गर्मी मौसममा शितलता प्रदान गर्नका लागि खाने गरिन्छ । यसले हाम्रो शरीरलाई विभिन्न प्रकारका फाइदा दिने गर्दछ । जसले हाम्रो शरीरलाई स्वस्थ राख्नुको साथै तागतिलो बनाउन र शक्ति प्रदान मद्दत गर्दछ ।
नरिवल पानी खानुको फाइदाहरु :
१. रिबोफ्लेभिन, नियासिन, थायामिन, पाइरोडक्सिन र फोलेट जस्ता पौष्टिक तत्व वा भिटामिनहरुले भरिपूर्ण नरिवलको पानीमा एन्टिभाइरल र एन्टिब्याक्टेरियल गुणहरु छन् जसले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली बढाउने र फ्लु जस्ता भाइरल संक्रमणसँग लड्न सक्ने क्षमता प्रदान गर्न मद्दत गर्छ ।
२. नरिवलको पानीमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले, हाम्रो शरीरमा हुने फ्री रेडिकल्सको कारण हुने क्षतिलाई रोक्छ ।
३. यसमा क्याल्सियम, पोटासियम, म्याग्नेसियम, फस्फोरस र सोडियम पाइन्छ । जसले, शरीरलाई स्वस्थ बनाउन मद्दत गर्छ ।
४. यसमा पोटासियम र म्याग्नेसियम पाइने भएकोले कुनैपनि मृगौला रोगबाट पिडित व्यक्तिलाई फाइदाजनक हुन्छ ।
५. धेरै खाना खाएर पेटमा भएको समस्या ठिक गराउँछ ।
६. नरिवल पानीले शरीरको रक्तचाप घटाउँछ ।
७. यसले हाम्रो शरीरमा पानीको मात्रा बढाउँछ ।
८. शरीरको अनावश्यक तौल घटाउन मद्दत गर्दछ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


