तेल निर्यात घटेसँगै समग्र निर्यातमा गिरावट
काठमाडौं । यो वर्ष पाम तेल र भटमास तेल निर्यातमा गिरावट आएसँगै मुलुकको समग्र निर्यात व्यापारमा उल्लेख्य कमी आएको छ । विगतका वर्षमा पाम तेलको निर्यातले समग्र निर्यातमा उल्लेख्य वृद्धि आएकामा चालु आवको सुरुदेखि नै पाम तेलको निर्यात घट्दा समग्र निर्यातमा कमी आएको छ ।
भारत सरकारले पाम तेल आयातमा लाग्दै आएको ५० प्रतिशत भन्सार शुल्क घटाएसँगै नेपालबाट हुने निर्यातमा कमी आएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिना (साउन–जेठं) सम्ममा पाम तेलको निर्यातमा ५० प्रतिशतले ह्रास आई १९ अर्ब ५४ करोड रुपैयाँमा झरेको छ ।
गत वर्ष सो अवधिमा ३९ अर्ब ११ करोड २७ लाख १४ हजार रुपैयाँको पाम तेल निर्यात भएको थियो । गत वर्ष समग्र निर्यातमा पाम तेलको निर्यात ४५ प्रतिशतको हाराहारी रहेकामा चालु आवको सुरुदेखि नै निर्यातमा गिरावट आउँदै आएको हो । विभागका अनुसार ११ महिनाको अवधिमा भटमासको तेलको निर्यातमा ८१.८ प्रतिशत ह्रास आई आठ अर्ब ४८ करोड रुपियाँमा झरेको छ । गत वर्ष सो अवधिमा ४६ अर्ब ५८ करोड ७० लाख ४८ हजार रुपैयाँको भटमासको तेल निर्यात भएको थियो ।
गत आवमा दुई खर्बको कुल वस्तु निर्यात हुँदा पाम तेल र भटमासको तेलको हिस्सा मात्रै करिब ९० अर्ब रुपैयाँ रहेको थियो । त्यति बेला यो कुल निर्यातको ४५ प्रतिशत हो । व्यापारविज्ञ रविशङ्कर सैँजूले भारतले पाम तेल र भटमासको तेल आयातमा भन्सार शुल्क घटाएसँगै निर्यात ह्वात्तै घटेको बताए ।
स्वदेशी उत्पादन नभई कच्चा पदार्थ आयात गरी पुनः प्रशोधन गरेर निर्यात हुने वस्तुको निर्यात गत आवमा बढेको थियो, भारतले भन्सार महसुल घटाउँदा पाम तेल र भटमासको तेल निर्यात घटेको समग्र निर्यातमा गिरावट आएको उनको भनाइ छ । स्वदेशमै उत्पादन हुने तुलनात्मक वस्तुको उत्पादन बढाएर निर्यात गर्न सकियो भने निर्यात व्यापार दिगो हुने उनको भनाइ छ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

