Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

श्री एअरलाइन्सले आज सबै उडान किन गर्यो स्थगित ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, १७
श्री एअरलाइन्सले आज सबै उडान किन गर्यो स्थगित ?

काठमाडौं । आज श्री एयरलाइन्सका सबै उडान स्थगित हुने भएका छन् । श्री एअरलाइन्स प्रा।लि।ले आज आइतबारका लागि पुर्व निर्धारित सबै उडानहरु स्थगित गरेर विमान परिक्षण गर्ने भएको हो ।

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिबार जारी गरेको प्रेस नोट अनुसार आइतबारका सबै उडान स्थगित गरिएको छ । उनका अनुसार श्री एअरलाइन्सका सबै उडान स्थगित गरी आइतबार दिनभर कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको छ ।

सोमबारदेखि भने सबै उडान नियमित रुपमा सञ्चालन हुनेछन् । शनिबार काठमाडौंबाट धनगढीका लागि दिउँसो ३:३० बजे उडेको विमानमा प्राविधिक समस्या आएको थियो ।

जसकारण धनगढी उडेको सो बिमान पुनः काठमाडौं नै फिर्ता गरी अवतरण गराईएको थियो । सो घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एअरलाइन्सले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स