Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

मौलिकता र सौन्दर्य जोगाउन हनुमानढोका परिसरभित्र सवारी साधन निषेध : मेयर बालेन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, १९
मौलिकता र सौन्दर्य जोगाउन हनुमानढोका परिसरभित्र सवारी साधन निषेध : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले हनुमानढोका क्षेत्रको मौलिकता र सौन्दर्य जोगाउन यहाँ सवारीसाधन निषेध गरिएको बताएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेर उनले हनुमानढोका र वसन्तपुर क्षेत्र परिसरको वातावरण शान्त र सुरम्य हुनुपर्ने भन्दै यसैका लागि सवारीसाधन निषेध गरेको प्रतिक्रिया दिएका छन्।

‘वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटकहरू आउने र लाखौँ आउन सक्ने सम्भावना छ । यिनीहरुको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ’, उनले लेखेका छन्, ‘यसैले हनुमानढोका परिसर भित्र सवारी साधनहरुलाई निषेध गरिएको छ ।’

उनले काठमाडौं पहिचान भनेकै यहाँका सम्पदा भएको उल्लेख गरेका छन् । ‘विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्’,साहले लेखेका छन् ।

Top Changing Nepal

युट्युब सट्स