सासूलाई चुम्बन गर्दै प्रियंकाले भनिन्- ‘म तपाईंलाई असाध्यै माया गर्छु’
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले सासूलाई ओठमा चुम्बन गरेको तस्बिर पोस्ट गर्दै उनलाई आफ्नो प्रेमिका भएको बताएकी छन् । सासू रबिना देशराज श्रेष्ठको अदालती विवाहको क्रममा खिचिएको तस्बिर पोस्ट गर्दै प्रियंकाले आफ्नो सासूको प्रशंसा गरेकी हुन् ।
सामाजिक सञ्जालमा सासूको नयाँ वैवाहिक जीवनका लागि असाध्यै खुसी भएको समेत उनले बताएकी छन् । उनले सुरुमै सासूलाई रामन्था भनेर सम्बोधन गरेकी छिन् । सासूलाई रामन्था भन्नुमा सानो कथा पनि प्रियंकाले बताएकी छन् ।
उनी लेख्छिन्, ‘तपाईंलाई सुरुमा मेन्टर (हाम्रो भेट सम्भवतः मेगा बैंकमार्फत् भयो), त्यसपछि मेरो प्रेमीकी आमा (असाध्यै कुल) र त्यसपछि सासू र मेरी प्रेमिकाको रूपमा चिन्न पाउनु एक सुन्दर यात्रा हो ।’
उनी थप्छिन्, ‘यत्तिका वर्ष सँगै बिताइसकेपछि म पूर्ण आत्मविश्वासका साथ भन्न सक्छु कि तपाईंको आत्मा निकै सुन्दर छ । म तपाईंको मुटुले दिने निस्वार्थ माया, न्यानो अँगालो र चुम्बनलाई चिन्दछु ।’
‘तपाईंले जीवनको यो नयाँ अध्याय सुरु गर्दा म कति खुसी छु र कति पटक खुसीको आँसु झारेकी छु भन्ने कुरा भगवानलाई थाहा छ । तपाईंले आफू योग्य वर पाउनुभएको छ, उहाँले तपाईं खुसी बनाएको, तपाईंका दिनहरू उजिल्याएको र जीवनमा बहार ल्याएको देखेकी छु । ’
‘मेरी आमा, तपाईं यी सबै खुसीको हकदार हुनुहुन्छ । म तपाईंका खुसीका दिन हेर्न, सबै साहसिक कार्यहरू सुन्न, सुन्दर तस्बिरहरू हेर्न र यो अति सुन्दर सम्बन्धको जादु महसुस गर्न प्रतीक्षारत छु ।’
उनले अन्तिममा लेखेकी छिन्, ‘ओह मम्सी, म असाध्यै दङ्ग छु । तपाईंका लागि धेरै खुसी पनि । म तपाईंलाई असाध्यै माया गर्छु ।’ पूर्व बैंकर समेत रहेकी रबिना देशराज श्रेष्ठले केही समय अघि बेलायती प्रेमी स्टुअर्ट च्यापम्यानसँग नेपाली परम्परा अनुसार विवाह गरेकी थिइन् ।
सम्बन्धित समाचार
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

