एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक आइतबारसम्म स्थगित्
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि राष्ट्रिय सभाको बैठक अवरोध गरेपछि आइतबारसम्मका लागि स्थगित भएको छ ।
आजको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सांसद विमला घिमिरेलाई बोल्न समय दिएका थिए ।
अध्यक्षले समय दिएपछि बोल्दै सांसद घिमिरेले प्रधानमन्त्रीबाट गम्भीर खतरा उत्पन्न हुने काम गरेको भन्दै राजीनामा दिनुपर्ने अडान कायमै रहेको बताईन् । उनले नेपालको प्रधानमन्त्री सार्वभौंम संसदले बनाउने हो कि दिल्लीले भन्दै सरकारसँग प्रश्नसमेत गरेकी छन् ।
गत सोमबार काठमाडौंमा भएको एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय व्यापारी प्रितम सिंहले आफुलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली धाउको विवादास्पद अभिवयक्ति दिएका थिए । जसको अहिले तिब्र आलोचना भईरहेको छ ।
एमालेले प्रधानमन्त्रकिो राजीनामा नआई सदन चल्न नदिने अडान लिएपछि बैठक अध्यक्ष तिमल्सिनाले आइतबार विहान ११ बजेर ३१ मिनेटसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

