नापी र मालपोतलाई एकीकरण गरिँदै
काठमाडौं, २८ असार । सरकारले खर्च कटौतीको लागि नापी र मालपोत कार्यलयलाई एकीकरण गर्ने तयारी थाल्ने भएको छ । सरकारले आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकमै नापी र मालपोत कार्यलयलाई क्रमशः एकीकरण गर्ने नीति लिएको थियो ।
विनियोजन विधेकको सोही नीति बमोजिम काम भइरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले बताईन् । आज (बिहीबार) राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले नापी र मालपोतलाई एकीकरण गरी जग्गा प्रशासन सेवालाई प्रभावकारी बनाउने काम भइरहेको बताएकी हुन् ।
‘नापी र मालपोत कार्यलय एकीकरण गरी चालु खर्चमा कटौती हुने व्यहोरा अनुरोध गर्दै जग्गा प्रशासन सेवामा प्रणालीको विकास गरी स्थानीय तह मार्फत नै सेवाहरु प्रदान गर्ने गरी कार्यक्रम अगाडि बढाइने जानकारी गराउन चाहन्छु,’– उनले भनिन् ।
विद्युतीय माध्यमबाट ट्रेस नक्सा, दृष्टि बन्धक, रोक्का लागयतका काम गर्न सकिने गरी व्यवस्था मिलाउन मन्त्रालय अगाडि बढिरहेको पनि उनले बताईन् ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

