Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

कांग्रेस केन्द्रीय समिति बैठकका लागि महामन्त्री थापाले मागे सुझाव

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, ३१
कांग्रेस केन्द्रीय समिति बैठकका लागि महामन्त्री थापाले मागे सुझाव

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको बैठकका लागि सुझाव मागेका छन् । बैठकमा राजनीतिक परिस्थिति, पार्टीको साङ्गठनिक गतिविधिसहितका विषयमा छलफल हुने भन्दै महामन्त्री थापाले आफ्ना विचार र सुझाव इमेल गर्न आह्वान गरेका हुन् ।

यसबीचमा जिल्लामा पुग्दा पाएका सुझाव र सल्लाहलाई केन्द्रीय समितिमा राख्ने पनि उनले बताए ।आफ्नो इमेल आइडी  (thapagk@gmail.com) र सामाजिक सञ्जालको पोस्टमा कमेन्ट गरेर सुझाव दिन पार्टी पङ्क्तिलाई महामन्त्री थापाले आह्वान गरेका छन् ।

करिब एघार महिनाको अन्तरालपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै साउन २ गते छ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स