अख्तियारको प्रारम्भिक तथ्याङ्कमा ७६० जनाविरूद्ध अदालतमा भ्रष्टाचारको मुद्दा
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा भ्रष्टाचारको मुद्दामा ७६० जनालाई प्रतिवादी बनाएको छ। सोमबार आयोगबाट सम्पादन भएका प्रमुख कार्यहरूको प्रारम्भिक तथ्याङ्क समेटिएको संक्षिप्त विवरण प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९/०८०मा दायर भएका १६२ वटा मुद्दामा ७६० जनालाई प्रतिवादी बनाइएको प्रवक्ता भोला दाहालले जानकारी दिए।
उनका अनुसार त्यसमा एक जना विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारी छन्। अन्य ३५५ जना राष्ट्रसेवक कर्मचारी, १७८ जना बिचौलिया एवं मतियार र २६६ जना निर्वाचितरमनोनित पदाधिकारीहरू छन्।
४४२ जना प्रतिवादीले गैरकानुनी लाभहानी लिएको, ४६ जनाले घुस लिएको, १५० जनाले सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याएको र २९ जनाले गैरकानुनी सम्पत्ति आर्जन गरेका प्रतिवादीहरू छन्।
त्यस्तै आठ जना नक्कली शैक्षिक प्रमाण-पत्र, ४६ जना राजस्व हिनामिना र विविध कसुरका ३९ प्रतिवादीविरूद्ध मुद्दा दायर भएको हो। उनीहरूको मुद्दा विशेष अदालतमा दायर गरी जम्मा एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४३७ रुपैयाँ मागदाबी गरिएको प्रवक्ता दाहालले बताए।
अख्तियारले विशेष सूचनाको आधारमा स्टिङ अपरेशन पनि सञ्चालन गर्ने गरेको छ। जसबाट गएको आर्थिक वर्षमा अख्तियारले ३७ स्टिङ अपरेशन गरेको छ।
जसबाट ४० जना राष्ट्रसेवक कर्मचारी, ६ जना बिचौलिया र ८ जना निर्वाचित पदाधिकारीहरू पक्राउ परेका हुन्। यस्तै आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा उजुरी र फर्छ्यौटको संख्या बढेको अख्तियारले जनाएको छ।
आव ७८/८९ मा भ्रष्टाचारका २४ हजार ३३१ उजुरी परेकोमा १७ हजार १६९ मुद्दा फर्छ्यौट भएका थिए। गत वर्ष भने २७ हजार ५३० उजुरीमा १८ हजार २४५ उजुरी फर्छ्यौट भएका हुन्।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


