Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, श्रावण, ४
सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज तोलामा ३ सयले बढेपछि तेजावी सुन हालसम्म कै उच्च मूल्यमा पुगेको हो ।

आज तेजावी सुन प्रति तोला १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस अघिको गत जेठ १९ गते तेजावी सुन प्रति तोला १ लाख १३ हजार ३ सय सबैभन्दा बढि रहेको थिया ।

बुधबार प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन पनि तोलामा ५ सयले बढेर प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९७ हजार ३ सय ९५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार २ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ८२ रुपैयाँ कायम गरेको छ ।

Top Changing Nepal

युट्युब सट्स