‘विचरा ! महामन्त्री, चरी जेलैमा’
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले पदाधिकारीबीच समन्वय नभएको र कांग्रेसले जनताको भावना अनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् ।
आज (बिहीबार) पार्टीको केन्द्रीय समिति बैकठलाई सम्बोधन गर्दै उनले विधानले सबै काम सभापतिको जिम्मामा दिँदा महामन्त्रीहरु काम विहीन अवस्थामा बसेको टिप्पणी गरेका हुन् । महामन्त्रीले कार्ययोजना पेश गर्दा महिला, दलित, पिछडिएका वर्ग लगायतको मुद्दा सम्बोधन गर्न नसकेको उनको आरोप छ ।
‘महामन्त्री विचरा ! बबुरा देखिरहेको छु । विधानमा अधिकार खोज्यो केही पाइँदो रहिन छ । चरी जेलैमा । सबै सभापतिले गर्ने भनेको रहेछ,’– उनले भने ।
अहिलेको युगमा जनताको मुद्दामा आधारित भएका राजनीति गर्न उनको सुझाव छ । महामन्त्रीले प्रस्तुत गरेको पार्टीको वार्षिक कार्ययोजनामा पचास लाख युवाको मुद्दा नसमेटिएको भन्दै उनले आपत्ति जनाए ।
‘११ महिनासम्म बैठक नबस्ने कुरा कुन पार्टीको केन्द्रीय सदस्यले ठीक थियो भन्छ ? ल भन्नुस् । २१औं शताब्दीमा मुद्दाले राजनीति गर्ने हो । जनताका मुद्दा के छन् । कार्ययोजनामा खै त पचास लाख युवाहरुको मुद्दा ?’– उनले प्रश्न गरे ।
कार्ययोजनाले सामाजिक न्याय र महिला हिंसालाई सम्बोधन गर्न नसकेको उनको आरोप छ । समाजमा नेपाली कांग्रेस भ्रष्टाचार भन्नेवित्तिकै मुख थुन्छ, कानमा रुई हाल्छ, आँखा बन्द गर्छ भन्ने भ्रम रहेको र त्यसलाई चिर्न आवश्यक रहेको उनले बताए ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


