ट्विटरको लोगो फेरि परिवर्तन, निलो चराको ठाउँमा अब ‘एक्स’
जानकारी केन्द्र
२०८०, श्रावण, ९
काठमाडौं । एलन मस्कले ट्विटरको लोगो फेरेका छन् । यसअघिसम्म ट्विटरमा निलो रङको चरा रहेकोमा मस्कले यसको साटो अंग्रेजी अक्षर ‘एक्स’ राखेका हुन् ।
ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रङको ‘एक्स’ देख्न सकिन्छ । मस्कले आफ्नो प्रोफाइल फोटो पनि फेरेर ‘एक्स’ राखेका छन् ।
मस्कले यसअघि पनि ट्विटरको लोगो निलो रङको चराको सट्टा कुकुर भएको लोगो सार्वजनिक गरेका थिए । तर, पछि उनले फेरि निलो चरालाई नै ट्विटरको लोगो बनाएका थिए ।
एलन मस्कले गएको वर्षको अक्टोबर २७ मा ट्विटर किनेका थिए । त्यसयता मस्कले आधाभन्दा कर्मचारी कटौतीदेखि पैसा तिरेर ‘ब्लु–टिक’ दिनेसम्मका व्यवस्था गरेका छन् ।
सम्बन्धित समाचार
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
आकर्षक डिजाइन र स्मार्ट सुविधासहित रेड्मी वाच–६ सिरिज नेपालमा सार्वजनिक
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
बाल सुरक्षा विवादमा मेटालाई ५६७ मिलियन डलरको जरिवाना
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


