१५ वर्षमा १२ हजारभन्दा बढी श्रमिकको विदेशमा मृत्यु
काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीले अकालमै ज्यान गुमाउने गरेको तथ्यांक डरलाग्दो छ। गत आर्थिक वर्ष २०७९/८० मा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख ७१ हजार ३२७ जना रहेकोमा १ हजार २०५ जनाको मृत्यु भएको थियो। आव २०६५/६६ देखि २०७९/८० सम्मको १५ वर्षमा १२ हजार १८९ जनाले ज्यान गुमाएका छन्। नेपाली श्रमिकका प्रमुख गन्तव्य खाडी मुलुक हुन्। खाडी मुलुकमध्ये पनि गत आव २०७९/८० मा साउदी अरेबियामा मात्रै ३४६ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको छ। सोही आवमा मलेसियामा २८२ जना, कतारमा २२१ जना, दुबईमा १८७ र कुवेतमा ६८ जनाले ज्यान गुमाए।
रोजगारीका लागि बिदेसिने धेरैजसो कामदारको उमेर समूह १८ देखि ४४ वर्ष रहने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद भुसाल बताउँछन्। उनका अनुसार पछिल्ला तीन वर्षमा विदेश जाने नेपाली कामदारको आधा संख्या २५ देखि ३४ वर्ष उमेर समूहको रहेको छ। रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या लगातार बढेसँगै उतै ज्यान गुमाउनेको संख्या पनि बर्सेनि बढ्दै गएको हो। सरकारले वैदेशिक रोजगारीमा रहेका युवामा देखिएको बढ्दो मृत्युको कारण अध्ययन गरेको र रोकथामको उपाय अपनाएको पाइन्न। त्यसकारण वैदेशिक रोजगारीका क्रममा हुने मृत्युदर घट्न नसकेको बताइन्छ।
आव २०७०/७१ सम्म रोजगारीमा विदेश जानेको संख्या ५ लाख नाघेपछि त्यसयता वार्षिक रूपमा मृत्यु हुनेको संख्या पहिलोपटक १ हजार नाघेको थियो। त्यसभन्दा अघिल्ला र त्यसपछिका पाँच वर्षमा मृत्यु हुनेको संख्या १ हजारभन्दा कम थियो। तर आव २०७७/७८ बाट फेरि मृतकको संख्या वार्षिक १ हजार नाघिरहेको छ। वैदेशिक रोजगारीका क्रममा सबैभन्दा धेरैको मृत्यु हृदयाघातबाट भएको देखिन्छ। त्यस्तै सडक दुर्घटनाबाट पनि धेरैको मृत्यु हुने गर्छ। आत्महत्या गर्नेको तथ्यांक पनि डरलाग्दो छ। बोर्डका अधिकारीहरूका अनुसार प्राकृतिक मृत्यु, कार्डियाक अरेस्ट, आत्महत्या, दुर्घटना आदि मृत्युका मुख्य कारण रहेका छन्।
सम्बन्धित समाचार
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
थाइल्यान्डमा किशोरद्धारा गरिएको अन्धाधुन्ध गोली प्रहारमा ७ जनाको मृत्यु
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


