हृदयघात (हार्ट–अट्याक) हुनबाट बच्ने उपाय :
दैनिक जीवनशैलीको परिवर्तन र अव्यवस्थित खानपानले धेरै मानिसहरुको स्वास्थ्यमा असर पारेको छ । जसले गर्दा मानिसहरुको स्वास्थ्यमा हानी गरेको छ । हाम्रो परिवर्तित जीवनशैली र अनावश्यक खानपानले सिधै मुटुलाई असर गर्ने भएकोले विभिन्न प्रकारका रोगसँगै मृत्युसमेत निम्त्याउन सक्छ । त्यसैले हाम्रो शरीरलाई स्वस्थ राख्नको लागि धेरै कुराहरुमा ध्यान दिन जरुरी हुन्छ । हामी जति स्वच्छ वातावरणसँगै घुलमिल भएपनि त्यसले हाम्रो स्वास्थ्यलाई नराम्रो असर पारिरहेको हुन्छ । हाम्रो वरपरको वातावरण र खानपानलाई विशेष ध्यान दिन जरुरी हुन्छ ।
हाम्रो अव्यवस्थित जीवनशैली र खानपानले गर्दा प्रत्यक्ष रुपमा असर पार्ने भएकोले हृदयघातजस्तो रोग लाग्न सक्दछ । हुदायघात रोगले मानिसको ज्यान लिने भएकोले यसलाई घातक रोग पनि भन्ने गरिन्छ । हृदयघात रोग लाग्नबाट बच्न हामीहरुले स्वास्थ्य र खानपान मा ध्यान दिनुपर्दछ । हृदयघात रोग लाग्नबाट हामी समयमै सचेत हुनुपर्दछ र यदी केहीगरी लागीहाल्यो भने तुरुन्तै चिकित्सक कहाँ गई चेकजाच गर्नुपर्दछ । हृयाघात रोगबाट बच्न वा मुटुलाई स्वस्थ राख्न हामीले विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ ।
१. सबैभन्दा पहिले हृदयघात रोगबाट बच्न मुटुको स्वास्थ्यको बारेमा पनि जान्न जरुरी हुन्छ । कोलेस्टेरोल, ब्लड प्रेसर र सुगरको मात्रा कति छ र कति हुनु हाम्रो शरीर राम्रो हुन्छ भन्ने कुराको जानकारी हुनुपर्दछ ।
२. मुटुमा समस्या खानाको कारणले हुने गर्दछ । हामीले मुटुलाई स्वस्थ राख्नको लागि सबैभन्दा पहिले खानामा ध्यान दिनुपर्दछ । हामीले स्वस्थ खाना खायौं भने हामीलाई हुदयघात हुने सम्भावना कम हुन्छ ।
३. हामीले दैनिक प्रयोग गर्ने तेलले पनि हाम्रो स्वास्थ्यलाई असर पार्ने गर्दछ । तेलको बढी प्रयोग वा एकपटक प्रयोग गरेको तेललाई पुनः प्रयोग गर्नाले हामीलाई हृदयघात हुन सक्छ ।
४. हृदयघात हुनबाट बच्न हामीले फलफुल र हरियो सागसब्जी राम्रोसँग धोएर खाने गर्नुपर्दछ ।
५. बाहिर बजारमा पाइने प्याकेजिङ् गरेको वा होटलमा पाइने तेलमा तारेको खानेकुराहरु खानुहुँदैन ।
६. मुटु रोगी वा अन्य व्यक्तिले बिहानको समयमा हिड्ने वा कसरत गर्ने गर्नुपर्दछ । जसले गर्दा शरीरमा एनर्जी बढ्ने र मुटु वाशरीर स्वस्थ रहन्छ ।
७. हृदयघात हुनबाट बच्न हामीले योगा गर्नुपर्दछ । योगाले मुटु रोगीलाई स्वस्थ राख्न मद्दत गर्छ । योगामा मेडिटेसन, कसरत र आसन गर्न सकिन्छ । यो मुटु रोगीलाई मात्र नभई अन्य व्यक्तिको स्वास्थ्यलाई पनि फाइदाजनक हुन्छ ।
८. हाम्रो शरीरमा कुन रोग लागेको छ, कुन औषधि र कहिलेसम्म खाने भन्ने कुरा थाहा हुन जरुरी हुन्छ । अनावश्यक औषधि सेवन गर्नाले सिधै हाम्रो मुटुमा असर पार्ने र शारीरिक वा मानसिक असर पार्ने समस्या देखिन सक्छ । त्यसैले औषधिको बारेमा राम्रोसँग जानकारी हुनुपर्दछ ।
९. हाम्रो मुटुलाई हानी पु¥याउने धुम्रपान, मद्यपान र सुर्तीजन्य पदार्थ प्रयोग गर्नुहुँदैन । यसले मुटुलाई मात्र नभई फोक्सो, कलेजो र अन्य भित्रि भागमा समेत हानी पु¥याउँदछ ।
१०. प्रशस्त मात्रामा शुद्ध पानी वा जुस पिउने गर्नुपर्दछ । स्टोर गरेर राखेको जुसभन्दा ताजा जुसमा शुद्धता बढी हुने भएकोले ताजा जुस पिउनुपर्दछ ।
११. हृदयघात हुनबाट रोक्न वा मुटुलाई स्वस्थ राख्नको लागि हाम्रो वरपरको वातावरण र भान्साकोठा सफा सुग्घर हुनुपर्दछ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


